April 22, 2012: इन्जिनियर एसोसिएन जापान सेन्टरको साधारणसभा सम्पन्न

इन्जिनियर एसोसिएन जापान सेन्टरको साधारणसभा सम्पन्न 

जापानमा कार्यरत नेपाली इन्जिनियरहरुको संगठन नेपाल इन्जिनियर एसोसिएसन जापान सेन्टरको साधारणसभा यही अप्रली २० देखि २२ मा सम्पन्न भएको छ ।संस्थाका सचिव डा. मधुसुदन कायस्थले टोक्यो नेपाललाई दिनुभएको जानकारी अनुसार साधारणसभामा छटौं कार्यसमितिले गरेका बाषिर्क प्रगति बिबरण र आर्थिक प्रतिबेदन अनुमोदन गरिएको छ । सहभागी सवै सदस्यले कार्यसमितिको कामको प्रसंसा गरेका थिए ।

 यसैगरि साधारणसभाले सातौं कार्यसमितिको निर्वाचनका लागि संस्थाका पूर्व अध्यक्ष डा. बेदप्रसाद काफ्लेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । काफ्लेले समितिमा अन्य दुई सदस्य पछि थप्ने बताइएको छ ।

काफ्लेले बिकाश गर्नुभएको इलेक्ट्रोनिक भोटिङ सिस्टमले जापानको नेसाज लगायत केही संस्थाको निर्वाचन सम्पन्न भइसकेको छ ।

निर्वाचन समिति गठनसँगै पुरानो कार्यसमिति भंग गरिएको छ भने नयाँ कार्यसमिति चयन नभएसम्मका लागि निर्वाचन समितिले नै कार्यसमितिका रुपमा काम गर्ने सचिव कायस्थले बताउनुभयो ।

Please follow and like us:

Comments are closed.