नेपाल इन्जिनियर एसोसिएसन जापान सेन्टरमा नयाँ कार्यसमिति

नेपाल इन्जिनियर एसोसिएसन जापान सेन्टरमा नयाँ कार्यसमिति

नेपाल इन्जिनियर एसोसिएसन जापान सेन्टरको नयाँ-सातौं) कार्यसमिति चयन भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार सात सदस्यीय नयाँ कार्यसमितिका सवै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

जसअनुसार नयाँ कार्यसमितिको अध्यक्षमा डा. नेत्रप्रकाश भण्डारी(इहिमे बिश्वबिद्यालय) उपाध्यक्षमा डा. मधुसुदन कायस्थ(चुवु बिश्वबिद्यालय), सचिवमा ध्रुव पन्थी(टोक्यो बिश्वबिद्यालय) कोषाध्यक्षमा रामप्रसाद ढुंगाना(केवी सफ्टवेयर कर्पोरेशन) तथा सदस्यहरुमा हरिबहादुर पहारी (फुजी फुरुकावा इन्जिनियरिङ एण्ड कन्सट्रक्सन कम्पनी), जस्टिन श्रेष्ठ (होक्काईदो बिश्वबिद्यालय) र सत्यनारायण शर्मा (साइतामा बिश्वबिद्यालय) रहेका छन् ।

एसोसिएसनको हालै सम्पन्न साधारणसभाले संस्थाका पूर्व अध्यक्ष डा. बेदप्रसाद काफ्लेको संयोजकत्वमा डा.फत्तबहादुर थापा र डा. अखिलेसकुमार कर्ण सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

नेपाल इन्जिनियर एसोसिएसनको बिधानअनुसार चल्नेगरि नेपाली इन्जिनियरहरुले केही देशमा देशीय साखाहरु संचालन गरेका छन् ।

तीमध्ये जापान सेन्टर सवैभन्दा सक्रिय शाखा हो जसमा जापानमा कार्यरत ७२ जना नेपाली इन्जिनियरहरु सदस्य रहेका छन् ।

Please follow and like us:

Comments are closed.