November 20, 2011: नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरको पाचौ वाषिक कार्यक्रम भब्यताका साथ सम्पन्न

नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरको पाचौ वाषिक कार्यक्रम भब्यताका साथ सम्पन्न

नेपाल इन्जिनियर्स एसोसिएसनको बिधान अन्तर्गत रहि जापानमा अध्ययनरत तथा कार्यरत नेपाली ईन्जिनियरहरुका बिचमा पेशागतहित र समुन्नतिका लागि आपसि सहयोग र सुसम्बन्ध अभिबृदि गरी नेपालको विकासको काममा नेपाली  इन्जिनियर समुदायको भुमिका प्रभाबशाली बनाउनका लागि २००३ सालमा स्थापना भएको संस्था नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरले आफ्नो पाचौ वाषिक कार्यक्रम “Current and Future Technologies”नामक एकदिने कार्यशाला गोष्ठी नोभेम्बर २०, २०११ आइतवार जापानको  द युनिभर्सिटि अफ टोकियो (होन्गो  क्याम्पस ) मा भब्यताका साथ सम्पन्न भयो |यस कार्यक्रममा जापानमा अध्ययनरत तथा कार्यरत बिभिन्न ईन्जिनियरहरुले आफुले गरेका अध्ययन तथा अनुसन्धानहरुलाई कार्यपत्रको रुपमा पेश गर्नुका साथै यहाँ सिकेको प्रविधीलाई नेपालमा कसरी भित्राउन सकिन्छ र त्यसक्रममा आइपर्ने जटिलताको बारेमा छलफल भएको थियो।

द युनिभर्सिटी अफ टोक्योमा आयोजना गरिएको उक्त कार्यक्रम उदघाटन र प्राबिधिक सेसन गरी दुई सेसनमा बिभाजन गरिएको थियो। उदघाटन समारोहमा नेपाल ईन्जिनियर्स एसोसियसन जापान सेन्टरका अध्यक्ष डा. विष्णु प्रसाद पाण्डे स्वागत मन्तब्य दिनुभएको थियो तथा समापनमा पनि नेपाल ईन्जिनियर्स एसोसियसन जापान सेन्टरका अध्यक्ष डा. विष्णु प्रसाद पाण्डेले त्यहाँ उपस्थित तथा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई बिशेष धन्यवाद दिँदै कार्यक्रमको अन्त्य गर्नुभएको थियो। यस उदघाटन कार्यक्रममा “TUNEF” (टोक्यो युनिभर्सिटी नेपलिज फोरुम)को तर्फबाट TUNEF का कोषाध्यक्ष ई. रमेश पोख्रेल कार्यक्रमको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो। साथै उक्त कार्यशाला कार्यक्रमका संयोजक ई. सफल सुबेदीले कार्यक्रम सफलतापूर्वक संचालन गर्न सहयोग गर्नुहुने तथा सहभागी साथीहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन  द युनिभर्सिटी अफ टोक्योका ई. केशब शर्माले गर्नु भएको थियो भने कार्यक्रमको ब्यबस्थापना ई. रमेश पोख्रेलले गर्नु भएको थियो।

उदघाटन सेसन पछी सुरु प्राबिधिक सेसनको पहिलो खण्डमा टोक्यो ईन्स्टिच्युट अफ टेच्नोलोजीका सहायक प्रध्यापक डा. सिन्या हानाउका र ग्लोबल कार्बन प्रोजेक्टका निर्देशक डा. शोभाकर ढकालले आ- आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। यस खण्डको अध्यक्षता डा. सुर्य राज आचार्यले गर्नुभएको थियो।
प्राबिधिक सेसनको दोस्रो खण्डमा युनिभर्सिटी अफ टोक्योका डा. दिनेश मानन्धर, द युनिभर्सिटी अफ टोक्योकै ई. धुर्ब पन्थी, सइतामा युनिभर्सिटीका ई. सफल सुबेदी, टोक्यो ईन्स्टिच्युट अफ टेच्नोलोजीका ई. कबिर शाक्य र द युनिभर्सिटी अफ टोक्योका ई. केशब शर्माले आ-आफ्नो कार्यपत्र रोचक ढंगले प्रस्तुत गर्नु भएको थियो। यस प्राबिधिक सेसनको दोस्रो खण्डको अध्यक्षता डा. हरी प्रसाद पराजुलीले गर्नु भएको थियो।

प्राबिधिक सेसनको अन्तिम खण्डमा जापानमा बसेका नेपालीहरुको ज्ञान तथा सिपलाई कसरी नेपालमा भित्राउने भन्ने बारेमा संयुक्त अन्तर्कृया भएको थियो। उक्त अन्तर्कृयामा डा. शोभाकर ढकाल, डा. दिनेश मानन्धर र डा. अखिलेश कुमार कर्णले बिशेष धारणा राख्नु भएको थियो भने उँहाहरुको धारणामा अन्य सहभागीहरुले मिश्रित प्रतिकृया जनाउनु भएको थियो। यस संयुक्त कार्यक्रममा डा. वेद प्रसाद कफ्लेले मध्यस्तकर्ताको भूमिका निर्बाहा गर्नुभएको थियो।
बिभिन्न क्षेत्रका नेपाली तथा जापानिज प्रोफेसर, अनुसन्धानकर्ता, विद्यार्थी र अन्य महानुभावहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

उक्त कार्यशाला बारे अन्य जानकारी चहिएमा नेपाल ईन्जिनियरस एसोसियर्स जापान सेन्टरको होमपेज www.neajc.org मा जानु होला।

Please follow and like us:

Comments are closed.